Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन इकाईको स्थापना 

इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन इकाईको स्थापना 

images

इच्छाकामना न्युज

२९, माघ २०७७
इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन इकाईको स्थापना 
images

कुरिनटार, २९ माघ । चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन इकाईको स्थापना तथा शुभारम्भ गरिएको छ। गाउँपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि आज एक कार्यक्रमका बिच इकाईको स्थापना तथा शुभारम्भ गरिएको हो।

148943356_204032831468653_5842360970700022095_n.jpg
इकाईको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा व्यानर अनावरण गरेर स्थापना तथा शुभारम्भ गरिएको लगत संकलन इकाईका संयोजक हरि देवकोटाले जानकारी दिनुभयो।  संयोजक देवकोटाका अनुसार कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, टोल बिकास संस्थाका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन शिक्षालय कुरिनटारका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।

149726707_204032621468674_7649305337719078542_n.jpg

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - २१:२५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology