Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरूङ संस्कृतिको विज्ञान र मानवशास्त्र विषयमा चितवनमा आयोजित दुईदिने प्रशिक्षण सम्पन्न

गुरूङ संस्कृतिको विज्ञान र मानवशास्त्र विषयमा चितवनमा आयोजित दुईदिने प्रशिक्षण सम्पन्न

इच्छाकामना न्युज

११, कार्तिक २०८१
गुरूङ संस्कृतिको विज्ञान र मानवशास्त्र विषयमा चितवनमा आयोजित दुईदिने प्रशिक्षण सम्पन्न
images

भरतपुर । तमू प्ये ल्हु संघ चितवनले गुरूङ संस्कृतिको विज्ञान र मानवशास्त्र विषयमा दुई दिवसीय प्रशिक्षण दिएको छ । मानवशास्त्री एवं इन्जिनियर रोशन गुरूङले उक्त विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा मानवशास्त्री गुरूङले मानव र प्रकृतिलाई जोड्ने काममा संस्कृतिको भूमिका मह¤वपूर्ण रहेको बताए ।

images
images

‘रुख आफैँमा संस्कृति होइन । तर, त्यही रुखलाई प्रयोग गर्ने विधि भने संस्कृति हो’, उदाहरण दिँदै उनले भने, ‘त्यसकारण संस्कृतिभित्र वास्तविकता लुकेको हुन्छ ।’ परिवारबाट समाजको विकास भएजस्तै संस्कृति हुनका लागि पनि समूह आवश्यक पर्ने उनले बताए । ‘प्रकृतिमा शक्ति हुन्छ भन्नु एउटा दृष्टिकोण हो, विश्वास हो’, उनले भने, ‘तर भूगोलअनुसार संस्कृतिमा भिन्नता पाइन्छ, जुन स्वाभाविक हो ।’

462544349_1719123292169677_4100060703442822919_n.jpg

भूगोल र हावापानीसँगै सामाजिक तथा आर्थिक रुपसमेत संस्कृतिमा जोडिने हुँदा ठाउँअनुसार संस्कृति पनि फरक पाइने गरेको उनको भनाइ छ । ‘पुर्खा एकै ठाउँमा भए पनि उनका सन्तान सर्दैसर्दै धेरै ठाउँमा फिँजिएपछि ठाउँ र भेगअनुसारको चालचलनमा केही न केही फरक त भइहाल्छ’, उनले थपे, ‘त्यसैले गुरूङ जातिभित्र एउटै खालको संस्कृति नपाइन सक्छ ।’

तर, ठाउँअनुसार संस्कृतिमा भिन्नता पाइने हुँदा तमू जातिको संस्कृतिमा एकरुपता ल्याउन नसकिएको उनले बताए । ‘सबै ठाउँको संस्कृतिलाई एकै ठाउँमा ल्याएर मिसाउँदा त्यसमा संस्कृतिविद्हरुकै मत बाझिन सक्छ’, उनले भने, ‘त्यसकारण सबैले आफू बसिरहेकै ठाउँअनुसारको संस्कृतिलाई अँगालिरहेका छन् ।’ चितवन जिल्ला धेरै जिल्लाबाट बसाइसरी आएका गुरूङहरुको बसोवास रहेको जिल्ला भएकोले पनि गुरूङ जातिभित्रको संस्कृतिमा सबैभन्दा धेरै भिन्नता चितवनमै देखिन सक्ने उनको बुझाइ छ ।

चितवन जिल्लामा रहेका गुरूङहरुलाई गुरूङ जातिको धर्म, भाषा, संस्कार, संस्कृति तथा रहनसहनको विषयमा जानकारी दिलाउनका लागि दुईदिने प्रशिक्षण सञ्चालन गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले बताए । चितवनमा धेरै जिल्लाका गुरूङहरुको बसोवास रहेको हुँदा यो तालिम आवश्यक महसुस गरेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - ०७:४३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology