काठमाडौं । कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को प्रभावका कारण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति कोशी प्रदेशका १-२ ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।