Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नवलपुरको मध्यविन्दुमा गैँडा मृत फेला

नवलपुरको मध्यविन्दुमा गैँडा मृत फेला

images

इच्छाकामना न्युज

५, कार्तिक २०८१
नवलपुरको मध्यविन्दुमा गैँडा मृत फेला
images

५ कार्तिक, नवलपुर —पूर्वी नवलपरासीको मध्यविन्दुमा गैँडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर १२ मा पोथी गैँडा मृत फेला परेको हो ।

अन्दाजी ४ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको र गैँडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले बताए ।

प्रारम्भिक जानकारी अनुसार गैँडा एक अर्कोसँग जुध्नेक्रममा चोट लागेर मृत्यु भएको अनुमान गरिएको छ । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको छ । यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको संख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - २०:३७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology