Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चिसो बढदा पनि रोकिएन डेंगु संक्रमण, अझै २ साता उच्च जोखिम

चिसो बढदा पनि रोकिएन डेंगु संक्रमण, अझै २ साता उच्च जोखिम

इच्छाकामना न्युज

५, कार्तिक २०८१
चिसो बढदा पनि रोकिएन डेंगु संक्रमण, अझै २ साता उच्च जोखिम
images

काठमाडौं । मनसुन सकिएर मुलुकभर चिसो बढ्न थाले पनि डेंगु संक्रमणको दर भने यथावत रहेको तथ्यांकले देखाएको छ । विगतमा चिसो बढ्न थालेसँगै डेंगु संक्रमण घट्ने गरेपनि केही बर्ष यतादेखि यो क्रम रोकिएको हो ।

images
images

स्वास्थय मन्त्रालयको तथ्यांकले विगत ३ वर्षयता चिसो मौसममा डेंगु संक्रमण दर बढिरहेको देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा दैनिक १५ देखि २० जना डेंगुका शंकास्पद बिरामी पुग्ने गरेका छन । वर्षा सकिएसँगै लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाँदा पछिल्लो समय डेंगु संक्रमण बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

स्वाथ्य मन्त्रालयका अनुसार यस वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर ४ हजार ३० जना डेंगुबाट प्रभावित भएका थिए । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६ सय ९९ जनालाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमण दर २ हजार ८ सय ५ जनामा देखिएको थियो । यस वर्ष डेंगुको संक्रमण अझै दुई सातासम्म देखिनसक्ने चिकित्सकको अनुमान छ ।

पछिल्लो वर्षको तथ्यांक हेर्दा डेंगु संक्रमण १२ महिना नै देखिएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर, पछिल्लो समय यसभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारण डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको चिकित्सकको भनाई छ ।

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा डेंगु गराउने लामखुट्टे २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने खतरा देखिएको वैज्ञानिकहरूको बुझाइ छ ।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन २००६ मा तराईका नौ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको थियो । सन २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो ।

सन् २००९ मा डेंगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको १ वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो । पछिल्लो समय जलवायु परिवर्तनसँगै तापक्रममा वृद्धि हुँदा डेंगुलाई उपयुक्त मौसम बन्न पुगेको र सन् २०२२ यता बाह्रै महिना डेंगु संक्रमण देखिएको छ । सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १ सय ३३, फेबु्रअरीमा ३ र १ सय ३०, मार्चमा १५ र १ सय ९५, अप्रिलमा १८ र १ सय ५८, मेमा २५ र १ सय ६३ तथा जुनमा ९३ र १ हजार २६ नयाँ केस देखिएको थियो ।

त्यस्तै, जुलाईमा ७ सय २० र ६ हजार ४ सय ५९, अगस्टमा ३ हजार ७ सय ८ र १४ हजार ५ सय ३४, सेप्टेम्बरमा २७ हजार ५ सय २९ र १३ हजार ९ सय १२, अक्टोबरमा १७ हजार ८ सय ८९ र १२ हजार ६ सय ९९, नोभेम्बरमा ४ हजार २ सय ९० र २ हजार ८ सय ५ तथा डिसेम्बरमा ४ सय ८३ र ५ सय ७६ नयाँ केस देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकनुसार डेंगु संक्रमणको संख्या १९ हजार ५ सय ९९ पुगेको छ । डेंगु संक्रमणबाट हालसम्म ९ जनाको मृत्यू भएको छ । हाल सबैभन्दा धेरै काठमाडौंमा ३ हजार १ सय ३ जना संक्रमित पुगेका छन् । त्यस्तै, कास्कीमा २ हजार ८ सय ४७, तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२ जनालाई डेंगु संक्रमण भएको छ । चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण भएकोे छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - ०९:२२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology