Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको जित 

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको जित 

इच्छाकामना न्युज

२८, माघ २०७७
राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको जित 
images

काठमाण्डौ, २८ माघ । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज चन्द्रपुर नगरपालिकालाई ८ – ० गोलले पराजित गर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो ।
एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक सहित ६ गोल गर्नुभयो ।   लिगमा एपीएफको यो आठौं जित हो । जितसंगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ । यो जितले एपीएफको उपाधि होड समेत बलियो बनेको छ । 
चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत भोली दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

images
images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १९:२०:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology