Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण 

प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण 

images

इच्छाकामना न्युज

२८, माघ २०७७
प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण 
images

जनकपुर, २८ माघ । प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । 
गत ३ कात्तिकमा यो विधेयक प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश सभाबाट पारित भएर १६ कात्तिकमा प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको विधेयक प्रमाणीकरण भएको उक्त कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको रुपमा परियार आएपछि यो सहित १७ वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेशमा जम्मा प्रमाणीकरण भएको विधेयकको संख्या भने ३९ पुगेको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १९:१४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology