Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिनमा रवि लामिछानेको सार्वजनिक सुनुवाई कार्यक्रम 'चौतर्फी घेराबन्दीकाबिच पनि आफ्नो कर्तव्य नभुलेको दाबी'

मुग्लिनमा रवि लामिछानेको सार्वजनिक सुनुवाई कार्यक्रम 'चौतर्फी घेराबन्दीकाबिच पनि आफ्नो कर्तव्य नभुलेको दाबी'

इच्छाकामना न्युज

१९, आश्विन २०८१
मुग्लिनमा रवि लामिछानेको सार्वजनिक सुनुवाई कार्यक्रम 'चौतर्फी घेराबन्दीकाबिच पनि आफ्नो कर्तव्य नभुलेको दाबी'
images

मुग्लिन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाई पुराना राजनितिक दलहरुले चौतर्फी घेराबन्दी गरेको आरोप लगाउनुभएको छ   शुक्रबार आफ्नो निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सभापति लामिछानेले पुराना राजनितिक दलहरुको फरक व्यवहार र चौतर्फी घेराबन्दीका बाबजुत पनि आफ्नो निर्वाचन क्षेत्रमा केही काम गरिरहेको बताउनु भएको हो ।

images
images

उहाँले भन्नुभयो,“पुराना राजनितिक दलहरुको अली फरक व्यवहार र घेराबन्दीका बाबजुत मैले आफ्नो निर्वाचन क्षेत्रमा केही काम गरिहेकोछु त्यो प्रयाप्त छैन तर चौतर्फी घेराबन्दीकाबिच पनि  आफ्नो कर्तव्य भुलेकोे छैन ।”

सभापति लामिछानेले मतदाताले गरेको आशा र भरोसा आफुले नभुलेको र एउटा निर्वाचित सांसदले कार्यकालभरी गर्न सकिनेजती काम सम्पूर्ण क्षमता लगाएर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासिय नमूना विद्यालय भवन निर्माण गर्न आफु लागि परिरहेको बताउनुभयो ।  सकेसम्म सरकारी तबरबाट पहल गर्ने  सम्भव नभए आफै श्रोत जुटाएर आवासिय नमूना विद्यालय सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,”चेपाङ बालबालिकाको लागि एउटा नमूना आवासिय विद्यालय भवन निर्माण गरि सञ्चालन गर्ने तयारीमा छौँ,सकेसम्म सरकारी तबरबाट हुने गरि पहल गर्नेछु नभए म आफै श्रोत जुटाएर नमूना आवासिय विद्यालय निर्माण गर्नेछु त्यसका लागि गृहकार्य भइरहेको छ । ” 

कार्यक्रममा उपस्थित नागरिकहरुबाट आएका प्रश्नहरुको जवाफ सभापति रवि लामिछाने र जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधिहरुले दिनुभएको थियो । सहभागीहरुले ग्रामिण सडकको दुरावस्था,विद्युत टेलीफोन विग्रिदाँ हप्तादिन सम्म पनि काम नहुने,शिक्षामा सुधार नभएको, ट्राफिक प्रहरीले राजमार्गमा दुख दिने गरेको लगायतका गुनासोहरु राखेका थिए । सभापति लामिछानेलाई उहाँसँग जोडिएको सहकारी प्रकरण बारेसमेत नागरिकहरुले जिज्ञासा राखेका थिए । 

कार्यक्रममा लामिछानेले आफु निर्वाचित भइसकेपछि निर्वाचन क्षेत्रमा भएका विकासका गतिविधि र विभिन्न योजनाका लागि विनियोजित भएका बजेटहरुबारे प्रोजेक्टर मार्फत प्रस्तुत गर्नुभएको थियो । 

सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा सार्वजनिक सुनुवाई गर्दै आउनुभएको छ । 

images
प्रकाशित मिति :आश्विन १९, २०८१ शनिवार - ०८:०७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology