मुग्लिन । चितवनका लोकदोहोरी गायक एवं सर्जक कृष्ण गुरुङले सृजना गरेर करिब १० वर्ष अघि बजारमा ल्याएको लोक दोहोरी गीत 'गाउँमा घर...' नयाँ भर्सनमा पुनः बजारमा आएको छ । गोर्खाली लोकगायक पृथ्वी गुरुङको अफिसियल युट्युब च्यानल पृथ्वी गुरुङ मार्फत केहि दिन अघि मात्रै सार्वजनिक भएको हो ।
नयाँ भर्सनमा आएको गीतमा गायक पृथ्वी गुरुङ र सुप्रिया गुरुङको स्वर रहेको छ भने कृष्ण गुरुङ, हेमन्त आले, रुपी सिन्जाली, पेमा आले मगरले कोरस गायनमा स्वर दिएका छन् ।
गीतमा कृष्ण गुरुङको लय संगीत रहेको छ भने पृथ्वी गुरुङको शब्द रहेको छ ।
गोर्खाको सुन्दर गाउँ घ्याचोकमा खिचिएको गीतको भिडियोमा कोरियोग्राफी र निर्देशन पर्सन गुरुङले गरेका छन् भने पवन गुरुङ, कोपिला घले गुरुङ, राजु गुरुङ र सपना गुरुङले अभिनय गरेका छन् ।
हेर्नुस् भिडियो