Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका सांसद रास्वपाका सभापति रवि लामिछानेलाई मुग्लिनमा सहकारी पिडितले कालो झण्डा देखाएपछि...

चितवनका सांसद रास्वपाका सभापति रवि लामिछानेलाई मुग्लिनमा सहकारी पिडितले कालो झण्डा देखाएपछि...

इच्छाकामना न्युज

१८, आश्विन २०८१
चितवनका सांसद रास्वपाका सभापति रवि लामिछानेलाई मुग्लिनमा सहकारी पिडितले कालो झण्डा देखाएपछि...
images

मुग्लिन । सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मुग्लिनमा कालोझण्डा देखाएर विरोध गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन मुग्लिन आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

images
images

सार्वाजनिक सुनुवाई सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएर विरोध गरेका थिए । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए ।

नाराबाजीका बिच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गनतव्य तर्फ पठाएको थियो । सहकारी पीडितको विरोध पश्चात रास्वपाका कार्यकता बिच सामान्य झडपको सृजना भएको पत्रकार रोहिणी प्रसाद त्रिपाठीले जानकारी दिए । प्रहरीले ठुलो झडप हुन दिएन । प्रर्दशन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो । 

चितनवमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिव १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले पटक पटक रविलाई भेट गरेर समस्या समाधान गर्न आग्रह गरेपनि बचत फिर्ता पाएका छैनन् ।

images
प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - १९:०९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology