Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बन्दिपुरको ६२ घरमा खानेपानी धारा, हट्यो पानी बोक्ने बाध्यता

बन्दिपुरको ६२ घरमा खानेपानी धारा, हट्यो पानी बोक्ने बाध्यता

इच्छाकामना न्युज

११, आश्विन २०८१
बन्दिपुरको ६२ घरमा खानेपानी धारा, हट्यो पानी बोक्ने बाध्यता
images

अमरराज नहर्की, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ मा दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । शुद्ध र सफा खानेपानी घर घरमा पाउँदा गाउँका बासिन्दा खुसी भएका छन् । गाउँपाखो खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै गाउँमा दूषित पानीको समस्या समाधान भएको हो । 

images
images

आयोजनाले उक्त वडाका खहरे, फिर्कीडाँडा, थुमथुमे, झापर्दी गाउँका ६२ घरमा धारा जडान गरेको छ । एक घर एक धारा जडान गरिएपछि बर्सौंदेखि काकाकुलको जीवन गुजारेका स्थानीयलाई सहज भएको छ । खहरेकी फूलिमाया गुरुङले मादीसेती नदी तथा खहरे खोलाको धमिलो पानी वर्षायाममा खानुपर्ने बाध्यता हटेको बताउनुभयो । गुरुङले भन्नुभयो, “पानी परेको बेला खोला तथा नदीको धमिलो भएका बेला नजिक खानेपानी नहुँदा त्यही धमिलो पानी खानुपर्ने बाध्यता थियो, अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ ।” सोही ठाउँकी दिलमाया गुरुङ गाउँमा मूलको पानी नहुँदा दूषित पानी खानुपर्ने मात्रै नभई एक जनाको काम नै पानी बोक्नुपर्ने बाध्यता हटेको बताउनुभयो । साथै उहाँले विगतमा गाउँमा दूषित पानीकै कारण झाडापखाला फैलिने गरेकोमा सफा पानी पाउँदा सबै जना खुसी भएको बताउनुभयो । 

आयोजनाका संयोजक सिद्धान्त थापामगरले खानेपानीको धेरै दुःख भएकाले बसाइँसराइ गरी गाउँ रित्तिने क्रम बढ्न थालेपछि योजना पार्न धेरै दौडधुप गर्नु परेको बताउनुभयो । दुई महिनामै योजना सम्पन्न गरी चौबिसै घण्टा धारामा पानी आउने गरी एक घर एक धारा वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच किलोमिटर टाढा रहेको देवघाट गाउँपालिका–३ को पौवा खोलाको पानी ल्याएर दुई महिनामै योजना सम्पन्न गरिएको हो । 

आयोजनाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य भए अनुरूप यहाँ खानेपानीको सुविधा पु¥याउन सक्दा खुसी लागेको बताउनुभयो । साथै अध्यक्ष थापाले गाउँपालिकाले यहाँको खानेपानीको समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेकाले गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेकोसमेत जानकारी दिनुभयो ।     

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ०९:४७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology