Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दार्चुलामा आफ्नै छोरीको गोली हानी हत्या गरेका बुवा पक्राउ 

दार्चुलामा आफ्नै छोरीको गोली हानी हत्या गरेका बुवा पक्राउ 

सिआईएन

२८, माघ २०७७
दार्चुलामा आफ्नै छोरीको गोली हानी हत्या गरेका बुवा पक्राउ 
images

सन्तोष कोट्टारी, दार्चुला, २८ माघ । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर १० महरागाउँका धनबहादुर महरालाई आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।माघ २४ गते दिउँसो माइती घरमा आएकी २० वर्षका छोरी बेलमती महरा धामीलाई बुवा धनबहादुरले गोली हानी हत्या गरेका थिए । 
श्रीमतीसँगको झगडाको झोकमा आफ्नै छोरीको पछाडीबाट गोली हानी हत्या गरेर धनबहादुर शनिबारदेखि नै फरार थिए । ९ महिने छोरालाई खाना खुवाउने क्रममा शनिबार दिउँसो बेलमतीलाई गोली हानी हत्या गरेका धनबहादुरले राती दोस्रो घरमा आगो समेत लगाएका थिए । 
घटना पश्चात् घरमा प्रहरीले सुरक्षा दिइरहेको थियो भने धनबहादुरलाई खोज्न प्रहरी टोली पनि परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक हरिशरण भट्ट नेतृत्वको टोली घटना स्थलमा खटिएको थियो । साथै सशस्त्र प्रहरीको टोली समेत घट्ना स्थलमा परिचालन गरिएको थियो ।
घटना भएको चौथो दिन  धनबहादुर महरालाई बैतडीकै दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ मल्लेखबाट नियन्त्रणमा लिइएको छ । स्थानीयको सहयोगमा फरार हत्या आरोपीलाई समात्न सफल भएको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । फरार धनबहादुरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:४४:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology