Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इजरायलले लेबनानमा गरेको आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु, १६४५ घाइते

इजरायलले लेबनानमा गरेको आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु, १६४५ घाइते

एजेन्सी

८, आश्विन २०८१
इजरायलले लेबनानमा गरेको आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु, १६४५ घाइते
images

हिजबुल्लाहलाई लक्ष्य गरी इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमा ३५ बालबालिका र ५८ महिला पनि छन्। आक्रमणमा १६४५ जना घाइते भएका छन्। इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको जनाएको छ।

images
images

जसका कारण हजारौँ परिवार आफ्नो घर छाडेर भाग्न बाध्य भएको बीबीसीले उल्लेख गरेको छ। इजरायली सेनाका अनुसार हिजबुल्लाहले पनि उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ। जसका कारण दुई जना घाइते भएका छन्।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीच द्वन्द्व चर्किंदै गएपछि धेरै देशले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। यो द्वन्द्व ठूलो युद्धमा परिणत हुनेमा विश्वभरका नेताहरू चिन्तित छन्।

images
प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - ०८:४७:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology