Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

images

इच्छाकामना न्युज

८, आश्विन २०८१
विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा
images

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ ।

मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समयअनुसार पौने ९ बजे सुरु हुनेछ । क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको शृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ ।

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ । पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो ।

क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो । घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ ।

नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ । किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ । तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन ।

images
प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - ०८:३८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology