Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ जातिको तमू खेमालिपि प्रविधिमैत्री बन्यो, १० सेप्टेम्बर २०२४ देखि युनिकोडमा

गुरुङ जातिको तमू खेमालिपि प्रविधिमैत्री बन्यो, १० सेप्टेम्बर २०२४ देखि युनिकोडमा

इच्छाकामना न्युज

२८, भाद्र २०८१
गुरुङ जातिको तमू खेमालिपि प्रविधिमैत्री बन्यो, १० सेप्टेम्बर २०२४ देखि युनिकोडमा
images

चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषदले गुरूङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको छ । यही १० सेप्टेम्बर २०२४ देखि खेमा लिपिको युनिकोड प्राप्त गरेको ह्युल छोंज धींले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

images
images

ह्युल छोंज धींले जनाएअनुसार २०५२ सालमा तत्कालीन अवस्थामा तमू छोंज धींको काठमाडौंमा भएको प्रथम सम्मेलन र तमू ह्युल छोंज धीं केन्द्रीय समितिको रूपन्देहीमा भएको केन्द्रीय पार्षद सभाबाट खेमा लिपिलाई गुरूङ जातिको आधिकारिक लिपिको रूपमा सर्वसम्मतरूपमा पारित गरेको थियो।

खेमा लिपिलाई कम्प्युटरको माध्यमबाट समेत लेख्न सहज हुने गरी युनिकोडमा प्राप्त गरेपछि तमू ह्युल छोंज धींको केन्द्रसहितका जिल्ला समितिहरूले खुसी व्यक्त गरेको छ। केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर गुरूङ र महासचिव डम्बरबहादुर गुरूङले विज्ञप्तिमार्फत खेमा लिपिलाई प्रविधिमैत्री बनाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका हुन्।

तमू ह्युल छोंज धीं जिल्ला कार्यसमिति चितवनले पनि देशभरका तमू समुदायको लागि एउटा महत्त्वपूर्ण सफलता प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेको छ। बिहीबार चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा बसेको बैठकले लामो समयसम्मको प्रयास र सङ्घर्षपछि प्राप्त उपलब्धीले देशभरका गुरूङ जातिमा खुसी छाएको भन्दै खुसी व्यक्त गरेको हो।

 
 

images
प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - ०७:४०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology