Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तीज साँस्कृतिक पर्व मात्र नभै देश परिवर्तनका निम्ति समेत यो पर्वको महत्वपूर्ण भुमिका छ : मन्त्री कृष्ण सिलवाल

तीज साँस्कृतिक पर्व मात्र नभै देश परिवर्तनका निम्ति समेत यो पर्वको महत्वपूर्ण भुमिका छ : मन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

२०, भाद्र २०८१
तीज साँस्कृतिक पर्व मात्र नभै देश परिवर्तनका निम्ति समेत यो पर्वको महत्वपूर्ण भुमिका छ : मन्त्री कृष्ण सिलवाल
images

कुरिनटार । नेपाली महिलाहरुको महान पर्व तीज साँस्कृतिक पर्व मात्र नभै देश परिवर्तनका निम्ति समेत यो पर्वको महत्वपूर्ण भूमिका रहेको बागमती प्रदेशका वन तथा वातवारण मन्त्री कृष्ण सिलवालले बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना गाउँपालिकाले कुरिनटारमा आयोजना गरेको तीजगीत प्रतियोगितालाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

images
images

सम्बोन्धनकै क्रममा उहाँले हिजोका दिनमा चेलीहरु माईत आएको बेला आफ्नो दुःख बेदना तीजको गीत मार्फत पोख्ने माध्यमको रुपमा तीज मनाईने साँस्कृतिक चलन रहेकोमा विस्तारै समाज परिवर्तन र देश परिवर्तनका लागि जनतालाई जागरुक बनाउन पनि तीजगीतहरु गाईने गरेकोले देश परिवर्तनका निम्ति पनि यो पर्वको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । साथै तीजगीतकै माध्यमबाट समाजमा राजनैतिक चेतना पैmलाउन महिलाहरुले योगदान पुर्‍याएकोले देशमा परिवर्तन आउन सम्भव भएको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्नुहुदै उहाँले स्थानीय जनताको सकारात्मक परिवर्तनका लागि आफु सदैव लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - ११:१३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology