Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाण्डौको कोटेश्वरमा एकरातको ८ हजारसम्म असुलेर १५, १६ वर्षीया युवतीलाई वेश्यावृत्तिमा लगाईयो, २ पुरुष पक्राउ

काठमाण्डौको कोटेश्वरमा एकरातको ८ हजारसम्म असुलेर १५, १६ वर्षीया युवतीलाई वेश्यावृत्तिमा लगाईयो, २ पुरुष पक्राउ

images

इच्छाकामना न्युज

१३, भाद्र २०८१
काठमाण्डौको कोटेश्वरमा एकरातको ८ हजारसम्म असुलेर १५, १६ वर्षीया युवतीलाई वेश्यावृत्तिमा लगाईयो, २ पुरुष पक्राउ
images

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित ‘कमलामाई खाजाघर एन्ड गेस्ट हाउस’बाट प्रहरीको मानव बेचबिखन ब्युरोले वेश्यावृत्तिमा लगाएका ५ जना बालिका र युवतीलाई उद्धार गरेको छ । उद्धार गरिएका मध्ये दुईजना १५ र १६ वर्षका छन् । गेस्ट हाउस सञ्चालक रामेछाप घर भएका गोरे नेवा खड्गीले रकम असुलेर उनीहरूलाई यौन सम्पर्क गर्न बाध्य बनाएका हुन् ।

गेस्ट हाउस सञ्चालक खड्गी र गेस्ट हाउसमा यौन धन्दा चलाउन ग्राहक खोज्न हिँड्ने सिन्धुलीको कमलामाई नगरपालिका घर भएका ४२ वर्षीय राजु साहीलाई पक्राउ गरिएको ब्यूरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

उद्धार गरिएका ३ जना युवतीहरू १८ वर्ष माथिका छन् । वेश्यावृत्ति गर्न बाध्य पारिएकाहरू सिन्धुपाल्चोक, काभ्रे र उदयपुर घर भएका हुन् ।

गेस्टहाउसमा आउने ग्राहकहरूसँग सञ्चालकले एकपटक यौन सम्पर्क राखेमा १ हजार ५ सय र रातभर यौन सम्पर्क गर्नेसँग ८ हजार असुल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडितहरूलाई प्रतिग्राहक ५ सय ‘दिन्छु’ भनेपनि गेस्ट हाउस सञ्चालकले सो रकम नदिएको खुलेको छ ।

गेस्टहाउसमा किशोरीहरूलाई राखेर ग्राहक आएपछि छान्न लगाएर उनीहरूले वेश्यावृत्ति धन्दा चलाएका हुन् । उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए । 

images
प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १३:१८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology