कुरिनटार, २७ माघ । चितवनको इच्छाकामना ४ स्थित केबलकार नजिकै बलेरो जीप दुर्घटना भएको छ। आज दिउँसो करिब २ः १५ बजेतिरको समयमा मुग्लिनबाट कुरिनटार तर्फ आउँदै गरेको स्थानीय रुट मुग्लिन–फिस्लिङ चल्ने बा १२ च ५७२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई केवलकार नजिकै सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक इच्छाकामना ५ शान्ति बजारका धननारायण जोशी र उनका चार बर्षिय छोरा घाइते भएका हुन् । उनिहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुर्य बहादुर मगरले जनाएको छ । दुर्घटनामा परि चालक जोशी मध्यम र छोरा समान्य घाइते भएका हुन् ।