Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा गुडिरहेको बसमा ढुङ्गा खस्दा बस पल्टियो, २५ जना घाइते

मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा गुडिरहेको बसमा ढुङ्गा खस्दा बस पल्टियो, २५ जना घाइते

इच्छाकामना न्युज

७, भाद्र २०८१
मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा गुडिरहेको बसमा ढुङ्गा खस्दा बस पल्टियो, २५ जना घाइते
images

काठमाडौं । मुग्लिङ नारायणगढ सडक खण्डमा बस दुर्घटना भएको छ । शुक्रवार दिउँसो भरतपुर–२९ सत्र किलोमा बाटो माथिबाट ढुङ्गा खस्दा बस पल्टिएको हो ।

images
images

दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । घाइते भएका सबै यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ । बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ ।

गौरबाट पोखरा गइरहेको ग २ ख ४७ नम्बरको यात्रु बस अनियन्त्रित भएर पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाटो माथिबाट ढुङ्गा खस्दा चालक आत्तिएर नियन्त्रण गुमाउँदा बस पल्टिएको हो । अहिले उक्त सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - १६:१४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology