Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

पहिरोले अवरुद्ध मुग्लिन-पोखरा सडक २४ घण्टापछि सञ्चालनमा

पहिरोले अवरुद्ध मुग्लिन-पोखरा सडक २४ घण्टापछि सञ्चालनमा

images

रासस

६, भाद्र २०८१
पहिरोले अवरुद्ध मुग्लिन-पोखरा सडक २४ घण्टापछि सञ्चालनमा
images

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

सडकमाथिको डाँडा खसेर उक्त खण्ड अवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिराे हटाएर राजमार्ग पुनः सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । दुईतर्फी बाटो सञ्चालन गराउनका लागि काम भइरहेको उनले बताए ।

निर्माणाधीन सो सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिराको जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । पृथ्वी राजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुँवा निस्कन तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।

images
प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - २०:२५:१० बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology