Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिलाहरुलाई आत्मनिर्भर बनाउन आयआर्जनमा जोड्न सके समाज परिवर्तनमा सहज हुन्छ : वनमन्त्री कृष्ण सिलवाल

महिलाहरुलाई आत्मनिर्भर बनाउन आयआर्जनमा जोड्न सके समाज परिवर्तनमा सहज हुन्छ : वनमन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

३, भाद्र २०८१
महिलाहरुलाई आत्मनिर्भर बनाउन आयआर्जनमा जोड्न सके समाज परिवर्तनमा सहज हुन्छ : वनमन्त्री कृष्ण सिलवाल
images

मुग्लिन । बागमती प्रदेशका वन तथा वातवारण मन्त्री कृष्ण सिलवालले महिलाहरुलाई आत्मनिर्भर बनाउन आयआर्जनमा जोड्न सके समाज परिवर्तन गर्न सहज हुने बताउनुभएको छ । मुग्लिनमा अवस्थित कर्तव्यनिष्ट महिला समूहको पाचौं वार्षिक साधारण सभालाई सम्बोन्धन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

images
images

सम्बोन्धन कै क्रममा मन्त्री सिलवालले महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि आयमूलक शिपहरु सिकाउन सके परिवारको आयस्तर परिवर्तन हुने जसका कारण सामाजिक परिवर्तनमा सहज हुने बताउनुभयो । 

यस्तै उहाँले आफ्नो कार्यकाल भर मागको आधारमा भन्दा पनि आवश्यकताको आधारमा योजनाहरु सञ्चालन गर्ने बताउनुभयो । साथै आगामी ५ वर्ष भित्रमा मुग्लिनदेखि इच्छाकामना मन्दिरसम्म पुग्ने बाटो सडक कालोपत्रे बनाउन पहल गर्ने पनि बताउनुभयो ।

कर्तव्यनिष्ट महिला समूहको अध्यक्ष जुना राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका वन तथा वातवारण मन्त्री कृष्ण सिलवाल प्रमुख अतिथि रहनुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३, २०८१ सोमवार - ०९:४६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology