Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमतीका वनमन्त्री कृष्ण सिलवाललाई गृह पालिका इच्छाकामना भव्य स्वागत तथा बधाई

बागमतीका वनमन्त्री कृष्ण सिलवाललाई गृह पालिका इच्छाकामना भव्य स्वागत तथा बधाई

इच्छाकामना न्युज

२, भाद्र २०८१
बागमतीका वनमन्त्री कृष्ण सिलवाललाई गृह पालिका इच्छाकामना भव्य स्वागत तथा बधाई
images

कुरिनटार । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई गृहपालिका इच्छाकामनामा भव्य स्वागत गर्दै बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको आयोजनामा शनिबार कुरिनटारमा एक कार्यक्रम गरि नवनियुक्त मन्त्री सिलवाललाई स्वागत तथा बधाई ज्ञापन गरिएको हो ।

images
images

WhatsApp Image 2024-08-17 at 20.42.53_a41cb216.jpg

इच्छाकामना गाउँपालिका मन्त्री सिलवालको गृहपालिका हो भने यो क्षेत्रबाट सांसद तथा मन्त्री बन्ने पहिलो व्यक्ति माननीय कृष्णप्रसाद सिलवाल बन्न सफल भएकोमा स्थानीयहरु खुशी देखिन्छन् ।

WhatsApp Image 2024-08-17 at 20.42.55_9c51f9c2.jpg

पार्टी अध्यक्ष नर बहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल रहनुभएको थियो भने विशिष्ट अतिथिको रुपमा नेकपा एमाले चितवन जिल्ला सचिव प्रकाश ढुङ्गाना, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत एमालेका कार्यकर्ता स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

WhatsApp Image 2024-08-17 at 20.42.57_aac57a2c.jpg

कार्यक्रमलाई सम्बोन्धन गर्दै वनमन्त्री सिलवाले इच्छाकामनाको सिर नझुक्ने गरि काम गरेर आफ्नो कार्यकाल पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १०:००:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology