Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट पैदलयात्री महिला गम्भिर घाइते, ट्रक चालक पक्राउ

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट पैदलयात्री महिला गम्भिर घाइते, ट्रक चालक पक्राउ

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट पैदलयात्री महिला गम्भिर घाइते, ट्रक चालक पक्राउ
images

चितवन । चितवनको रत्ननगर नगरपालिका–२ कालिका पेट्रोलपम्प नजिक पूर्व–पश्चिम राजमार्गमा पैदलयात्री एक महिलालाई ट्रकले ठक्कर दिएको छ ।

हेटौंडाबाट भरतपुरतर्फ आउँदै गरेको ना ६ ख ६६१६ नम्बरको ट्रकले आज बिहान सवा ७ बजेको समयमा खैरहनी नगरपालिका–१ बस्ने ४१ वर्षीय रिना धरेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट धरेल गम्भिर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । रिजालका अनुसार घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको छ । घाइतेको बायाँ तिघ्रा र भित्री चोट लागेको छ ।

ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने ४१ वर्षीय रुद्र बहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - ०८:३९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology