Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै 

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै 

इच्छाकामना न्युज

२७, माघ २०७७
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै 
images

काठमाण्डौ, २७ माघ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । 
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मी ७ खेलमा १६ अङ्क जोडेको दोस्रो स्थानमा रहेको छ । वालिङ ७ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ । पुलिस र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् । पुलिस ८ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगर १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

images
images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०९:१४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology