Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अस्ट्रेलियामा वेपत्ता काभ्रेका युवा सुभाषको शव समुद्री तटमा भेटियो

अस्ट्रेलियामा वेपत्ता काभ्रेका युवा सुभाषको शव समुद्री तटमा भेटियो

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
अस्ट्रेलियामा वेपत्ता काभ्रेका युवा सुभाषको शव समुद्री तटमा भेटियो
images

काठमाडौं । पढाइका लागि नौं महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रे पाँचखाल नगरपालिका-७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन् । विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले जानकारी दिए ।

शनिबार बिहान १२ बजेतिर शव भेटिएको खबर नगरपालिकामा आएको उनले बताए । ‘शनिबार बिहान उनको शव समुद्रको तटमा भेटिएको त्यहाँस्थित प्रहरीले हामीलाई जानकारी पठाएको छ,’ तामाङले सुनाए । उनका अनुसार आजबाटै सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ । अध्ययनका लागि अस्ट्रेलिया गएका सुभाष परिवारका कान्छा छोरा हुन् । उनी सुरुमा साथीहरूसँग बस्थे ।

परिवारले दिएको जानकारी अनुसार, पछिल्लो दुई महिनादेखि सुभाष एक्लै बस्दै आएका थिए । उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको र आवश्यक अनुसन्धान भइरहेको तामाङले बताए । उच्च शिक्षा अध्ययनका लागि गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलसहित परिवारका सदस्यले नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कसँग भेटेर खोजी गरिदिन आग्रह गरेका थिए । सिड्नीस्थित प्रहरीले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे हुलियासहित जानकारी गराउँदै देख्ने-भेट्नेले खबर गर्न आग्रह गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - ०८:३६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology