Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विवादमा परेपछि गोरखाको शहिद लखन गापा कार्यपालिकाले ग¥यो ठेक्का रद्द

विवादमा परेपछि गोरखाको शहिद लखन गापा कार्यपालिकाले ग¥यो ठेक्का रद्द

पत्रपत्रिका

२७, माघ २०७७
विवादमा परेपछि गोरखाको शहिद लखन गापा कार्यपालिकाले ग¥यो ठेक्का रद्द
images

गोरखा, २७ माघ । पछिल्लो समय शहिद लखन गाउँपालिकाले आह्वान गरेको सार्वजनिक निर्माण कार्यको ९ वटा ठेक्का रद्द गरेको छ। आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पुस ९ गते प्रकाशित नौवटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीबनबहादुर आलेले बताए ।

images
images

‘सबै प्याकेजहरुमा सार्वजनिक खरिद ऐनको दफा २६ उपदफा ६ ले तोकेबमोजिम न्यूनतम बोलपत्र मात्र पेश भएको पाइएको र प्रशस्त प्रतिष्प्रर्धा हुन नपाएकाले ठेक्का रद्धको निर्णय भएको हो’ प्रमुख प्रशासकीय अधिकृत आलेले भने । उनले ब्यवशायी सँग गाउँपालिकाको कुनै सेटिङ नभएको दावी गरे । उनले भने ‘सार्वजनीक खरिद ऐन अनुसार प्रक्रिया नपुगेर टेण्डर रद्ध भएको हो’ उनले भने ‘प्रर्याप्त प्रतिप्रर्धा हुन पाएन ।’ साथै उनले ब्यवशायीसँग लोभ, आश र प्रलोभनमा ठेक्का रद्ध नगरिएको भन्दै ब्यवाहारमा इभिडिङ गर्ने गरिएको तर गाउँ कार्यापालिकाले भने टेण्डर गर्ने मात्रै निर्णय गरेको बताए ।

यसअघि उक्त गाउँपालिकाले आह्वान गरेको २० लाख रुपैयाँभन्दा मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चार वटा ठेक्कामा मिलेमतो भएको समाचार दरौँदी दैनिकले प्रकाशित गरेको थियो । यसअघि १० लाख रुपैयाँको बिकास निर्माणका कामको पनि ‘ईलेक्ट्रोनिक विडिङ सिस्टम’ (इविडिङ) गरेको शहिदलखन गाउँपालिकाले अहिले ४३ लाख रुपैयाँ रुपैयाँसम्मको ठेक्का पनि बिना इविडिङ ब्यवशायीलाई दिने अन्तिम तयारी गरेको समाचार प्रकाशन भएपछि गाउँ कार्यपालिकाको बैठकले अन्ततः ठेक्का रद्ध गरेको हो ।

कमिसनको लोभमा इविडिङ नगरेको विषय बिवादित बनेपछि ठेक्का रद्ध भएको हो । पुस ९ गते ठेक्का आह्वान गरेको गाउँपालिकाको ठेक्का नम्बर ९ देखि १३ सम्मको पाँच वटा प्याकेज करिब १३÷१३ लाख रुपैयाँका छन् । नौ नम्बर प्याकेजको १९ वटा, १० को २० वटा, ११ को १९, १२ को २० र १३ नम्बर प्याकेजको १९ वटा टेण्डर फर्म बिक्री भएको शहिदलखन गाउँपालिका योजना शाखाका नायब शुब्बा सानुकाजी बस्नेतले बताए ।

यी सबै प्याकेजमा तीन/तीनवटा फर्म मात्रै दाखिला भएको थियो । २० देखि ४३ लाखसम्मका चारवटा ठेक्का हरेकको १६ देखि १९ वटा फर्म बिक्री भएको थियो । तीमध्ये एक÷एक वटा मात्रै दाखिला भएको थियो । एक÷एक वटा मात्रै दाखिला भएपछि ती फर्मले काम पाउने पक्का थियो । ब्यवशायीकै मिलेमतोमा फर्म थोरै दाखिला भएपछि गाउँपालिकाले पुन टेण्डरको तयारी गरेको छ ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०८:१४:५० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology