Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अब फेरि पुनः पाँच वर्षको लागि आफु निर्वाचित हुने पूर्व सांसद किसानको दाबी

अब फेरि पुनः पाँच वर्षको लागि आफु निर्वाचित हुने पूर्व सांसद किसानको दाबी

इच्छाकामना न्युज

२६, माघ २०७७
अब फेरि पुनः पाँच वर्षको लागि आफु निर्वाचित हुने पूर्व सांसद किसानको दाबी
images

तनहुँ, २६ माघ । विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफू पाँच वर्षका लागि फेरि निर्वाचित हुने दाबी गरेका छन् ।
भानुको पुरनडिहीमा नगर अस्पताल भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले डेढ वर्ष बाँकी छँदै प्रतिनिधि सभा विघटन भए पनि नआत्तिन आग्रह गरे ।
‘डेढ वर्ष गयो भनेर नआत्तिनुस्,’ उनले भने,‘अबको पाँच वर्षका लागि म तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित हुन्छु । डेढ वर्ष भन्दा पाँच वर्षतिर लागौं ।’
उनले ओली नेतृत्वको नेकपाले नै तनहुँका दुई प्रतिनिधि र चार प्रदेश सभा सदस्य सिट जित्ने दाबी गरे ।
दुई तिहाई दिएर केही हुन्छ भनेर विश्वास गरेर मत जनताले मत दिएर विश्वास अनुसार केही विकासका काम धेरै अघि बढ्दै गए पनि कांग्रेस नभै आफ्नै पार्टीबाट काम गर्न नदिने वातावरण बनाएकाले जनतामा गएको बताउँदै उनले प्रधानमन्त्री ओलीको पक्षमा वकालत गरे ।

images
images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २२:३०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology