Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, पोते, टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, पोते, टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

images

इच्छाकामना न्युज

१७, श्रावण २०८१
अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, पोते, टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने
images

काठमाडौँ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने भएको छ । राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्ने, फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर, पोते र टीका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै यसअघि आलोचना भएको थियो । तर अब जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा विद्यमान द्विविधा हटाइने पञ्जीकरण विभागले जनाएको छ । विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सम्बन्धित निकायलाई निर्देशनसमेत जारी गरेको छ ।

विभागले जारी गरेको निर्देशनमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सकलबमोजिम नकल ठीक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

यस्तै, व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउने विभागले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०८१ बिहिवार - ०७:५९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology