Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

उवासंघ चितवनको कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम 

उवासंघ चितवनको कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम 

images

इच्छाकामना न्युज

१४, श्रावण २०८१
उवासंघ चितवनको कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम 
images
भरतपुर । चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले आफ्ना उद्योगी व्यवसायीहरुलाई कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी  २ दिने अभिमुखिकरण कार्यक्रम आज शुरु गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड नेपालको प्राविधिक सहयोगमा साउन १४ र १५ गते भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गा स्थीत अशोका  रिसोर्टमा कार्यक्रम भएको छ । उद्योगी व्यवसायीहरुलाई कर तथा मूल्य अभिवृद्धि करका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
 
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले कर विना राज्य सम्वृद्ध हुन नसक्ने बताउदैँ उहाँले राज्यले करको दर घटाउदै दायरा बढाउदैँ लगानी मैत्री वातावरण सृजाना गर्नुपर्ने बताउनुभएको थियो । उहाँले करको न्युनतम जानकारी व्यवसायीहरुमा नहुंदा करसम्बद्ध झन्झटहरु जस्तै मिसम्याचमा पर्ने, ननफाईलर रहने, कर चुक्ता लिने, आय विवरण बुझाउने जस्ता बिषयमा समस्याहरु भोगेको हुनाले ति समस्याहरु निराकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 
 
कार्यक्रमका आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत निरन भट्टराईले कर प्राणलीलाई पारदर्शी र सुशासन कायम गर्न कर्मचारी र सेवाग्राहीको भेट हुन नहुने बताउदैँ  उहाँले कर प्रणली डे १ डे २ अनलाईन सिस्टमा गैसकेको र डे ३ पनि अनलाई सिस्टममा जान लागेको बताउनुभयो । उहाँले अहिले मु.अ. करको विलमा एच एस कोड राख्नु पर्ने बारेमा जानकारी गराउनुभएको थियो । उहाँले व्यवसायीहरुले आय व्यय वुझाउने क्रममा लेखा राख्दाका त्रुटि लगाएतका कारणले करको भार बढी भएको बताउदैँ एक महिना भित्र आय व्ययमा भएको त्रुटि सच्याउन मिल्ने बताउनु भएको थियो । उहाँले करमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउदैँ कार्यक्रमको  सफलताको शुभकामना व्यक्त गर्दै संघ संग सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो । 
 
कार्यक्रममा जिआईजेड नेपालका फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठले चितवनका व्यवसायीहरुलाई कर, मु.अ. कर, मिसम्याच लगाएतका बारेमा जानकारी गराउन यस तालिमको लागि उद्योग वाणिज्य संघ चितवन संग सहकार्य गरेको बताउनु भयो । कार्यक्रममा उहांले उवासंघ चितवन संग आगामी दिनहरुमा पनि हातेमालो गर्दै यस किसिमका कार्यक्रम आयोजना गर्नमा सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । 
 
सोही कार्यक्रममा संघका राजश्व सल्लाहकार तथा मध्यस्तकर्ता सिए विमान कार्कीले व्यवसायीहरु कर र कर प्रशासन संग डराउने भन्दा पनि अध्ययन गरि सहजीकरण गर्नपर्ने बताउंदै २ दिनको कार्यक्रममा सहभागिहरुलाई सोको वारेमा जानकारी गराई अभ्यस्त गराउने आफ्नो प्रयास रहने बताउनु भयो । 
 
दुई दिन सम्म चल्ने तालिम तथा अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए विकास तिवारी र सिए विशाल भट्टराईले कार्यक्रमको मध्यस्तकर्ता रहनु भएको छ ।  
 
कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत संघको अध्यक्ष एवम् प्रतिनिधि लगाएत उद्योगी व्यवसायी गरी करिव ९० जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भएको थियो ।
 
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रमको उद्घाटन सत्र संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।
 

images
प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - २२:२१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology