Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

मुग्लिङ–मलेखु सडकको १६ स्थान पहिरोको जोखिममा

मुग्लिङ–मलेखु सडकको १६ स्थान पहिरोको जोखिममा

images

पत्रपत्रिका

१, श्रावण २०८१
मुग्लिङ–मलेखु सडकको १६ स्थान पहिरोको जोखिममा
images

चितवन । चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम रहेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ, नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिए ।

इन्जिनियर आचार्यले भने, “सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग्य्रान एकै पटक झर्छ ।” पहिले पहिरोसँगै लेदो माटो आउने र सडक पुर्ने गथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । पृथ्वी राजमार्गमाथिको पहाडमा बिनाअध्ययन पहाड खोतलेर छाड्ने, कुलो निर्माण गर्ने र पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर बिगारेका कारण तल सडकमा पहिरो आएको इन्जिनियर आचार्यले बताए ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)मा गरिएको अध्ययनले पहिरो जाने मूल कारणले माथिल्लो क्षेत्रमा निर्माण गरिएको सडक, कलभर्ट र कुलो भएको निष्कर्ष निकालेको छ । कार्यालयका सूचना अधिकारी आचार्यले सो सडक क्षेत्रमा झरेका पहिरोमा लेदो माटो नभई गेग्य्रान धेरै भएको बताए । प्राकृतिक पहिरो अहिले आएको छैन । मानव निर्मित बाटो र त्यसमा खनिएका गेग्य्रान थुप्रेर बस्ने, वर्षा भएपछि एकै पटक झर्ने भएकाले तल क्षति ठुलो हुने गरेको उहाँले बताउनुभयो ।

वर्षा लागेपछि मुग्लिङ–मलेखु सडकखण्डमा गएको पहिरोमा गेग्य्रान मात्र झरेको छ । बर्सातमा पानीले र हिउदँमा आफैँ गेग्य्रान झर्ने गरेको कार्यालयले जनाएको छ । जमिनको प्रयोगमा आएको फेरबदल, सडक सुरक्षाको मापदण्ड नअपनाउने र यो वर्ष एक ठाउँमा देखिएको जोखिम अर्को वर्ष अर्कै ठाउँमा हुने गरेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर सागर कार्कीले सिमलतालको पहिरो जानुको मूल स्रोत माथि ग्रामीण बस्तीको बाटो खन्दा निस्केको गेग्य्रान भएको बताए । डिभिजन सडक कार्यालयबाट पहिरोको कारण पत्ता लगाउन अध्ययन गरी फर्किएका इन्जिनियर कार्कीले भने, “सिमलतालमा पहिरो जानुको कारण नौ सय मिटरमाथि निर्माण गरिएको सडकको गेग्य्रान झरेको हो । ६५० मिटरको सडक निर्माण गर्दा छ वटा मोड रहेछ । त्यो मोडबाट गेग्य्रान झरेको देखियो । माथिबाट तल डोजरले सडक खन्दै आउने, खन्दा निस्केको गेग्य्रान झाँडी तथा तल पर्ने खोल्सामा फाल्ने गरेको पाइयो । यसरी थुप्रेको गेग्य्रान वर्षा भएपछि एकै पटक तल झर्दा ठुलो असर पारेको देखिन्छ,” उनले भने ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०७:३७:१० बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology