Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगरमा चाउचाउ फ्याक्ट्रप्मा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

रत्ननगरमा चाउचाउ फ्याक्ट्रप्मा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

इच्छाकामना न्युज

२०, आषाढ २०८१
रत्ननगरमा चाउचाउ फ्याक्ट्रप्मा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ ।

images
स्मार्ट फुड एण्ड स्न्याक प्रालि (चाउचाउ फ्याक्ट्री)मा काम गर्ने रत्ननगर–१४ का ५५ वर्षीय बलबहादुर गुरुङ मंगलवार दिउँसो ११ः५० बजे आफ्नै अफिसको भवनमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका थिए ।
 
दुई तला माथिबाट खसेर शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाइते भएका गुरुङलाई उपचारको लागि बकुलटर टाँडी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मंगलवार दिउँसो १२ः१५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०८१ बुधवार - १२:२२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology