Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सात अर्बभन्दा बढी रकम अपचलन गर्ने लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

सात अर्बभन्दा बढी रकम अपचलन गर्ने लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

images

पत्रपत्रिका

१८, आषाढ २०८१
सात अर्बभन्दा बढी रकम अपचलन गर्ने लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ
images

काठमाडौँ । सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ, चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको सहकारीका अध्यक्ष काठमाडौँ चुनदेवीका अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचौरका सुरेन्द्र भण्डारी, कोषाध्यक्ष काठमाडौँ लाजिम्पाटका अमृतकुमार अर्याल र सहकारीका सदस्य काठमाडौँ चाबहिलका कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चारै जनालाई शुक्रबार राति पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २२ जिल्लामा २६ वटा शाखा विस्तार गरी प्रत्यक्ष चार हजार ५२८ सहित २२ हजारभन्दा बढी सर्वसाधारणको साढे छ अर्ब रुपियाँ अपचलन गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

सर्वसाधारणलाई आकर्षक ब्याज तथा आवश्यक परेका बेला सबै रकम र ऋणसमेत दिने प्रलोभनमा पारेर बचत गर्न लगाएको बचत रकम अनियमितता गरेर सहकारी सञ्चालक एक वर्षदेखि सम्पर्कविहीन थिए । प्रहरीले सिइओ भण्डारी शुक्रबार राति बालुवाटरस्थित एक विदेशीले सञ्चालन गर्ने होटलमा रहेको सूचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा अन्य चार जनालाई पनि पक्राउ गरेको जनाएको छ । अन्य पाँच जना फरार रहेकाले खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा बचतकर्ताको रकम हिनामिना गरी सिइओ भण्डारीसहित सहकारीका पदाधिकारीले घरजग्गा, पशुपालन तथा दुग्ध प्रशोधन कम्पनीमा लगानी गरेको पाइएको छ । पीडितको उजुरीपछि प्रहरीले २०८० चैत ३० ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

images
प्रकाशित मिति :आषाढ १८, २०८१ सोमवार - ०८:४२:१३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology