Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाद्वारा यस वर्ष पनि २ वटा कृषि एम्बुलेन्स संचालनमा

इच्छाकामना गाउँपालिकाद्वारा यस वर्ष पनि २ वटा कृषि एम्बुलेन्स संचालनमा

इच्छाकामना न्युज

१२, आषाढ २०८१
इच्छाकामना गाउँपालिकाद्वारा यस वर्ष पनि २ वटा कृषि एम्बुलेन्स संचालनमा
images

कुरिनटार । पहिलो पटक वितरण गरिएको कृषि एम्बुलेन्सले सफलता प्राप्त गरेपछि चितवनको इच्छाकामना गाउँपालिकाले यस वर्ष पनि थप २ वटा कषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमका बिच थप कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । 

images
images

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानहरुको २५ प्रतिशत लागत साझेदारीमा सञ्चालनमा ल्याएको एम्बुलेन्स गाउँपालिकाको वडा नं. १ र ७ का किसानहरुलाई लक्षित गर्दै संचालन हुनेछ । यसका लागि वडा नं. १ मा सिराइचुली कृषि सहकारी संस्थाले र वडा नं. ७ को दाहाखानीका किसानहरुलाई लक्षित गर्दै चण्डिभञ्ज्याङ्ग सामाजिक उद्यमी महिला सहकारी संस्थाले संचालन गरिनेछ । 

पहिलो पटक गत आर्थिक वर्षमा हपनी कृषक समूह मार्फत वडा नं. २ मा संचालनमा ल्याएको कृषि एम्बुलेन्सले किसानहरुका लागि अत्यन्त प्रभावकारी भएको हुदाँ यो वर्ष थप २ वटा वडामा पनि कृषि एम्बुलेन्स संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले बताए । उनले आगामी वर्ष थप अन्य वडाका किसानहरुलाई समेत लक्षित गर्दै सबै वडामा कृषि एम्बुलेन्स संचालन गरिने बताए ।

कृषि एम्बुलेन्स संचालनमा आएपछि स्थानीय किसानहरुले उत्पादन गरेको कृषि सामाग्रीहरुलाई बजारमा बिक्रि वितरण गर्न सहज हुने विश्वास लिएको गाउँपालिकाका कृषि शाखा अधिकृत आशिष त्रिपाठीले बताए । उनका अनुसार गाउँका किसानले उत्पादन गरेको कृषि सामाग्री गाउँमा संचालित संकलन केन्द्रहरु मार्फत संकलन गरि कृषि एम्बुलेन्सको ड्राइभरको जिम्मेवारीमा बजारसम्म ल्याएर बिक्रि वितरण गरी पुनः संकलन केन्द्र मार्फत किसानहरुलाई रकम उपलब्ध गराईनेछ । 

जसका कारण किसानहरुले आफुले उत्पादन गरेको सामाग्री बिक्रीको लागि बजार खोज्नुनपर्ने, समयको बचत हुने जस्ता फाईदा पुग्ने अधिकृत त्रिपाठीले बताए । 

images
प्रकाशित मिति :आषाढ १२, २०८१ मंगलवार - १०:१९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology