Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सोमबार भरतपुरमा अचेत भेटिएको व्यक्तिको मृत्यु, साथबाट लागुऔषध बरामद

सोमबार भरतपुरमा अचेत भेटिएको व्यक्तिको मृत्यु, साथबाट लागुऔषध बरामद

इच्छाकामना न्युज

१२, आषाढ २०८१
सोमबार भरतपुरमा अचेत भेटिएको व्यक्तिको मृत्यु, साथबाट लागुऔषध बरामद

चितवन । भरतपुर महानगरपालिका–१२ सुनगाभा टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । सोमवार दिउँसो १ः२० बजेको समयमा पहिचान नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

images

ती व्यक्तिको साथबाट तीन वटा मोबाइल, लागुऔषध प्रोमेथिन एक एम्पुल, बुप्नेरोफाइन एक एम्पुल, सिरिञ्ज एक थान, नगद ४२५ रुपैयाँ र आडैमा रोकिराखेको बा ४१ प ९०६९ नम्बरको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

निज ब्यक्तिलाई उपचारको लागि भरतपुर अस्पताल पठाईएकोमा सोमवार दिउँसो २ः२० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको रिजालले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०८१ मंगलवार - ०९:५९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology