Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धादिङको खानीखोला इलाका प्रहरीद्वारा १ वर्ष अवधिमा ६९ जना फरार अभियुक्त पक्राउ

धादिङको खानीखोला इलाका प्रहरीद्वारा १ वर्ष अवधिमा ६९ जना फरार अभियुक्त पक्राउ

images

इच्छाकामना न्युज

२५, माघ २०७७
धादिङको खानीखोला इलाका प्रहरीद्वारा १ वर्ष अवधिमा ६९ जना फरार अभियुक्त पक्राउ
images

बाबुराम श्रेष्ठ, धादिङ, २५ माघ । ईलाका प्रहरी कार्यालय खानीखोलाले चालु आर्थिक वर्ष २०७७/०७८ को पौष मसान्त सम्म विभिन्न घटनामा सम्लग्न भइ पक्राउ परेका ६९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको बताएको छ ।

खानीखोला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक रुपा थापाका अनुसार विभिन्न ९ शिर्षकका घटनामा आबद्ध भएका ६९ जना र ४ जना अपराधीहरु भने फरार छन् ।

थापाका अनुसार जुवा तास अन्तर्गत ३ वटा घटनामा ३५ जना, अभद्र व्यवहार अन्तर्गत ४ वटा घटनामा ११ जना र चोरी अन्तर्गत ४ वटा घटनामा ६ जना रहेका छन् ।

यसैगरी सवारी ज्यान अन्तर्गत ४ वटा घटनामा ४ जना, जर्वजस्ती करणी उद्योग अन्तरगत ३ वटा घटनामा ४ जना, बहुविवाह अन्तर्गत २ वटा घटनामा ४ जना, बाल यौन दुराचार अन्तर्गत २ वटा घटनामा २ जना, जवरजस्ती करणी अन्तर्गत २ वटा घटनामा २ जना र बालविवाह अन्तर्गत १ वटा घटनामा १ जना यो चालु वर्षमा पक्राउ परेका थिए ।

यस्तै चोरी मुद्धाका १ जना, जुवातास मुद्दाका २ जना र बालबिबाह मुद्दाका १ जना फरार रहेका छन् । फरार भएका अपराधीहरुलाई खोजीकार्य भैरहेको समेत इलाका प्रहरी कार्यालय खानीखोलाले बताएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - २०:०८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology