Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरोकपमा इटालीको विजयी शुरुवात

युरोकपमा इटालीको विजयी शुरुवात

images

एजेन्सी

३, आषाढ २०८१
युरोकपमा इटालीको विजयी शुरुवात
images

इटालीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीले अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको इटालीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । अल्बानियाका लागि नेडिम बज्रामीले खेलको २३ सेकेन्डमै गोल गरेर अल्बानियालाई शुरुवाती अग्रता दिलाएका थिए । बज्रामीले गरेको यो खेल युरोकपको इतिहासमै सबै भन्दा छिटो गरेको गोल बनेको छ ।

त्यस्तै इटालीले पनि खेलमा छिटो कमब्याक गर्दै खेलको ११औ मिनेटमा अलेसान्द्रो बास्टोनी र निकोलो बारेलाको गोलमा अग्रता लिएको थियो । बास्टोनीले खेलको ११औ मिनेटमा र बरेलाले खेलको १६औ मिनेटमा गोल गरेका थिए ।

युरोकपको डिफेन्डिङ च्याम्पियन रहेको इटालीले यो जितपछि समुह बी मा महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब इटालीले अर्को खेल जुन २१ मा स्पेनसँग खेल्ने छ भने अल्बानियाले जुन १९ मा क्रोसियाको सामना गर्ने छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०८१ आइतवार - १०:०१:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology