पोखरा २५, माघ । पोखरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । काठमाण्डौ घरभई पोखरा न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको आइबार घरको छतबाट खसेर मृत्यु भएको हो ।
साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाइते भएकी श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।