Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गर्मीमा दही र दही भात खानुका फाइदाहरू

गर्मीमा दही र दही भात खानुका फाइदाहरू

इच्छाकामना न्युज

३०, जेठ २०८१
गर्मीमा दही र दही भात खानुका फाइदाहरू
images

चर्को घाम लाग्ने समयमा हामी शीतलता प्रदान गर्न दही,मोहीको सेवन गर्ने गर्छौ । दही मोही जस्ता दुग्धजन्य पदार्थ स्वास्थ्यका लागी निकै लाभकारी हुन्छन् ।

images
images

यससँगै गर्मी सुरु भएसँगै शरीरमा अत्यधिक पसिना आउने भएकोले शरीरमा पानीको मात्र पनि कम हुने गर्दछ । जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ ।

मानिसहरू गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शीतलता प्रदान गर्ने खाने कुराहरू धेरै खाना रुचाउने गर्दछन्।

दही धेरैको भान्सामा पाइने खानेकुरा मध्ये एक हो । दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ । यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाइदा पुर्‍याइरहेको हुन्छ ।

यस्तै गर्मी समयमा भात र दहीलाई साथमा खानु पनि एकदमै धेरै फाइदाजनक हुन्छ । यसमा पाइने पोषक तत्त्वहरूले शरीरका कैयौँ रोगहरूलाई भगाउँछन् । यसबाट पाइने फाइदाहरू यस प्रकार रहेका छन् । 

–दही र चामलमा क्यालोरी, क्याल्सियम, प्रोटिन, पोटाशियम र आइरन जस्ता पोषक तत्त्वहरू हुन्छन् जसले तनाव कम गर्छ । साथमा यसलाई खाँदा गर्मीमा हुने पेट सम्बन्धी समस्याहरूबाट पनि बच्न सकिन्छ ।

–चामल र दही पेटका लागि एकदमै धेरै फाइदाजनक हुन्छन् । यसले पाचन प्रणालीलाई राम्रो बनाउनुका साथै कब्जियत, अपच र ग्यासको समस्या पनि कम गर्छ ।

–अत्यधिक तनावले गर्दा अनिद्राको समस्या हुन्छ । यस्तोमा तपाईँ दिनभरको थकानपछि साँझको खानामा पनि दही चामल खान सक्नुहुन्छ । यसलाई पचाउन सजिलो हुनुका साथै मुड पनि फ्रेस बनाउँछ ।

–दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ ।

–भोक कम लाग्ने समस्या भएका व्यक्तिहरूले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ ।

–दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ । दहीले कोलेस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठिक राख्न मद्दत गर्ने गर्दछ ।

–दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरूको विकासमा धेरै सहयोग पुर्‍याउनुका साथै, दाँत, नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ ।

–निद्रा नलाग्ने समस्या भएकाहरूले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केही हदसम्म सहयोग पुर्‍याउने गर्दछ ।

तर खाली पेटमा दही बिर्सेर पनि खानु हुँदैन यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । जसका कारण खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या उत्पन्न हुने गर्दछ।

images
प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - ०८:१३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology