Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यानमारमा इन्टरनेट सेवा बन्द 

म्यानमारमा इन्टरनेट सेवा बन्द 

images

एजेन्सी

२५, माघ २०७७
म्यानमारमा इन्टरनेट सेवा बन्द 
images

म्यान्मारको सेनाले गत सोमबार गरेको कूको विरोधमा दैनिक हजारौँ मानिसहरू सडक प्रर्दशनमा उत्रिने गरेका छन् । सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा आम नागरिकठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।
प्रदर्शनकारीले म्यान्मारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् । म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनस्थित याङ्गुन विश्वविद्यालय नजिक २ हजारभन्दा बढी श्रम संगठन र विद्यार्थीहरु समेत सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए ।नेतृ सुकी र राष्ट्रपति मिन्ट सहित दर्जनौं नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ । 
आज सेनाले इन्टरेनटमा अवरोध गर्दा ट्विटर र इन्स्टाग्राम सहित फेसबुक बन्द भएका छन् । म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । 

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १९:२६:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology