Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनका ७ वटा पालिकालाई ५ अर्ब ३३ लाख अनुदान, कुन पालिकाले कति पाए ? हेर्नुस्

चितवनका ७ वटा पालिकालाई ५ अर्ब ३३ लाख अनुदान, कुन पालिकाले कति पाए ? हेर्नुस्

images

इच्छाकामना न्युज

२१, जेठ २०८१
चितवनका ७ वटा पालिकालाई ५ अर्ब ३३ लाख अनुदान, कुन पालिकाले कति पाए ? हेर्नुस्
images

चितवन । सरकारले आर्थिक वर्ष २०८१/८२ को अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात वटा पालिकालाई पाँच अर्ब ३३ लाख रुपैयाँ अनुदान विनियोजन गरेकाे छ । पालिकाहरुले समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान पाएका छन् । अनुदानमा कालिका नगरपालिकालाई विभेद गरिएको छ । सशर्त अनुदानमा कालिकाले इच्छाकामनाले भन्दा पनि थोरै पाएको छ ।

भरतपुर महानगरपालिकाले चालुतर्फ एक अर्ब ६३ करोड ९७ लाख र पुँजीगततर्फ २५ करोड ५० लाख गरी कुल एक अर्ब ८९ करोड ४७ लाख रूपैयाँ अनुदान पाएको छ । जसमध्ये समानीकरणतर्फ ३७ करोड छ लाख, सशर्ततर्फ एक अर्ब ३७ करोड ७६ लाख, विशेषतर्फ आठ करोड ५० लाख र समपूरकतर्फ छ करोड १५ लाख रूपैयाँ रहेको छ ।

कालिका नगरपालिकाले चालुतर्फ ३९ करोड पाँच लाख र पुँजीगततर्फ छ करोड १० लाख गरी कुल ४५ करोड १५ लाख रूपैयाँ अनुदान पाएको छ । जसमध्ये समानीकरणमा १३ करोड ९२ लाख, सशर्ततर्फ २७ करोड ४८ लाख, विशेषतर्फ एक करोड ८५ लाख र समपूरकतर्फ एक करोड ९० लाख रूपैयाँ रहेको छ ।

खैरहनी नगरपालिकाको लागि चालूतर्फ ४२ करोड तीन लाख र पुँजीगततर्फ छ करोड ४६ लाख गरी ४८ करोड ४९ लाख रूपैयाँ अनुदान छुट्याइएको छ । जसमध्ये समानीकरणतर्फ १६ करोड १४ लाख, सशर्ततर्फ २७ करोड ८५ लाख, विशेषतर्फ तीन करोड र समपूरकतर्फ एक करोड ५० लाख रूपैयाँ रहेको छ ।

माडी नगरपालिका

माडी नगरपालिकाको लागि चालूतर्फ ४२ करोड ५६ लाख र पुँजीगततर्फ छ करोड ४३ लाख गरी कुल ४८ करोड ९९ लाख रूपैयाँ अनुदान छुट्याइएको छ । जसमध्ये समानीकरणतर्फ १२ करोड १३ लाख, सशर्ततर्फ ३३ करोड ४१ लाख, विशेषतर्फ दुई करोड ३५ लाख र समपूरकतर्फ एक करोड १० लाख रूपैयाँ रहेको छ ।

रत्ननगर नगरपालिकाले चालूतर्फ ५३ करोड ८१ लाख र पुँजीगततर्फ सात करोड ५४ लाख रूपैयाँ गरी कुल ६१ करोड ३५ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये समानीकरणतर्फ १८ करोड ६२ लाख, सशर्ततर्फ ३७ करोड ३३ लाख, विशेषतर्फ दुई करोड २० लाख र समपूरकतर्फ तीन करोड २० लाख रूपैयाँ रहेको छ ।

राप्ती नगरपालिकाको लागि चालूतर्फ ४८ करोड ९५ लाख र पुँजीगततर्फ १० करोड ५१ लाख गरी कुल ५९ करोड ४६ लाख रूपैयाँ अनुदान विनियोजन गरिएको छ । जसमध्ये समानीकरणतर्फ १६ करोड २५ लाख, सशर्ततर्फ ३५ करोड छ लाख, विशेषतर्फ छ करोड ७५ लाख र समपूरकतर्फ एक करोड ४० लाख रूपैयाँ रहेको छ ।

इच्छाकामना गाउँपालिकाका लागि चालूतर्फ ३४ करोड ९२ लाख र पुँजीगततर्फ १२ करोड ५० लाख गरी कुल ४७ करोड ४२ लाख रूपैयाँ अनुदान विनियोजन गरिएको छ । जसमध्ये समानीकरणतर्फ ९ करोड ९७ लाख, सशर्ततर्फ ३२ करोड ६५ लाख, विशेषतर्फ तीन करोड ३० लाख र समपूरकतर्फ एक करोड ५० लाख रूपैयाँ रहेको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - ११:४७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology