Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै 

राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै 

इच्छाकामना न्युज

२५, माघ २०७७
राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै 
images

काठमाण्डौ, २५ माघ । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आजदुई खेलहरु हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र चन्द्रपुरबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमा कायम रहन चाहन्छ । विराटनगर ६ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । चन्द्रपुर भने विराटनगरलाई हराएर अङ्क तालिका सुधार गर्न चाहन्छ । चन्द्रपुर ६ खेलमा ३ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा नेपालपुलिस क्लब र वालिङ नगरपालि काबीच खेल हुनेछ । पुलिस र वालिङ बीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छन् । पुलिस ८ अङ्क जोडेर लिगको चौंथो स्थानमा रहेको छ । पुलिस उपाधिहोडबाट भने बाहिरिसकेको छ । वालिङ ८ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । 

images
images

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०९:३०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology