कुरिनटार, २५ माघ । चितवनको इच्छाकामना गाउँपालिकाको आठौँ गाउँसभा आज बस्ने भएको छ। यहि माघ २२ गते बस्ने भनिएको गाउँसभा गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष होम बहादुर राना मगरको उपचारको क्रममा निधन भएपछि स्थगित भएको थियो।
स्थगित गाउँसभा आज बिहान ११ बजे सुरु हुने सभाका सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले जानकारी बताउनुभयो। यस्तै गाउँपालिकाको आठौँ गाउँसभामा आर्थिक ऐन–२०७७ र विनियोजन ऐन–२०७७ को प्रथम संसोधन गरिने पनि उहाँले बताउनुभयो।