Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेथिती

भ्रष्टाचार गर्ने थलो बन्दै मालपोत कार्यालय सर्लाही

भ्रष्टाचार गर्ने थलो बन्दै मालपोत कार्यालय सर्लाही

कार्यालय प्रमुखले नै घुस लिएर दुई अंशियारको हकदाबी जग्गा एउटै अंशियारको नाममा गरिदिएको आरोप

भ्रष्टाचार गर्ने थलो बन्दै मालपोत कार्यालय सर्लाही
images

सर्लाही, २५ माघ ।  सर्लाही सदरमुकाम मलंगवामा रहेको मालपोत कार्यालय भ्रटाचार गर्ने थलो बन्दै गएको छ। मालपोत कार्यालयका कार्यालय प्रमुखले घुस रकम लिएर दुई अंशियार भएको करोडौँको जग्गा एकलौटी रुपमा एउटै अंशियारको नाममा दर्ता गरिदिएको  पिडितले आरोप लगाएका छन्। 
सर्लाहीको कबिलासी नगरपालिका स्थित सलेमपुरको करोडौँ रुपैया बराबरको करिब एक बिगाहा जग्गा दुई अंशियार मध्ये एउटै अंशियारको नाममा मालपोत कार्यालय मलंगवाका कार्यालय प्रमुख पनिलाल यादवलले पैसा खाएर दर्ता गरेको पिडित अंशियार राज किशोर यादवले आरोप लगाएका छन्।
स्वर्गीय राम अश्रय राय र महेन्द्र रायको संयुक्त नाममा नापी भएको ऐलानी जग्गा बाँडेर दुई अंशियारको नाममा दर्ता हुनु पर्नेमा कार्यालय प्रमुख यादवले घुस रकम लिएर एउटाको मात्र नाममा दर्ता गरिदिएको पाइएको हो। आफुहरु दुवै जनाको नाममा जग्गा बाँडीनु पर्नेमा कार्यालय प्रमुख यादवले घुस रकम लिएर एकजनाको मात्र नाममा पारिदिएको भन्दै अजय कुमार यादवले यस्ता भ्रष्टाचार र नियम मिचेर काम गर्ने कार्यालय प्रमुखलाई कारबाही गर्न माग गरेका छन्।
यता, आफुले कुनै कसैबाट पैसा नखाएको बताउदै कानुन संंवत मिल्ने काम मात्र गरिदिएको मालपोत कार्यालय मलंगवाका प्रमुख यादवले बताउनु भयो । अदालतको फैसला र बण्डाको चलन पुर्जीकै अनुसार उक्त जग्गा दर्ता भएको उहाँको भनाई छ। स्वर्गीय राम गोपाल राय र स्वर्गीय फुलकुमारीको संयुक्त नाममा रहेको जग्गा उनको जेठा छोरा स्वर्गीय माझी र कान्छा छोरा स्वर्गीय राम अश्रय रायको अंशियारको नाममा दर्ता हुनु पर्नेमा जग्गा एकलौटी रुपमा कान्छा छोराको अंशियारको नाममा दर्ता भएकोले विबाद उत्पन्न भएको हो। 
जग्गाको लालपुर्जा र नापी कार्यालयको फिल्डबुकमा समेत जग्गा संयुक्त नाममा दर्ता रहे पनि आर्थिक चलखेल गरि दर्ता गरिएको भन्दै जग्गा फिर्ता हुनुपर्ने पिडित अंशियाहरुको माग छ। मालपोत कार्यालय सर्लाहीले करोडौँको घडेरी जग्गा एकलौटी रुपमा कान्छा छोराका अंशियार जगेन्द्र राय यादव, संजय राय यादव, राज नारायण राय यादव र राजकली देवीको नाममा दर्ता गरेको छ।

images
images

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०८:२८:०४ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology