Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आइपीएल: राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी

आइपीएल: राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी

images

एजेन्सी

३, जेठ २०८१
आइपीएल: राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
images

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत पञ्जाव  किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । पञ्जावको यस सिजनमा यो पाँचौँ जित हो । १३ खेलमा १० अङ्क रहेको पञ्जाव प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

त्यस्तै राजस्थान रोयल्सको भने यो पाँचौँ हार हो । राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ ।

राजस्थानको १३ खेलमा १६ अङ्क रहेको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । राजस्थान यसअघि नै प्लेअफमा भने छनौट भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - ०७:१८:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology