Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कान्समा सहभागी हुन फ्रान्स गए बालेन

कान्समा सहभागी हुन फ्रान्स गए बालेन

images
कान्समा सहभागी हुन फ्रान्स गए बालेन
images

काठमाडौं । विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फ्रान्स गएका छन्। उनी गएराति फ्रान्स उडेको महानगर स्रोतले जनाएको छ। 

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स गएका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन्। कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ। मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ। यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन्।

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ। बालेनले कान्स बसाइमा त्यहाँको अडिओ–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन्। 

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको काठमाडौंलाई ‘सिनेमाको रचनात्मक शहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ।

फ्रान्सको कान्स शहर पनि सिनेमाको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो। सिनेमाको रचनात्मक सहरको रुपमा सूचीकृत भएपछि यतिबेला महानगरपालिका कार्यविधि निर्माणमा जुटिरहेको छ। २०८१ सालदेखि नै सिनेमा महोत्सवसहितका कार्यक्रम आयोजना गर्ने तयारी महानगरपालिकाको छ।

७७ औं कान्स महोत्सव मे १४ देखि २५ सम्म आयोजना हुँदैछ। कान्समा यस वर्ष नेपालमा छायांकन भएको सिनेमा ‘द सेमलेस’ र नेपाली भाषाको सिनेमा ‘तारा  अ लस्ट स्टार’ छनोट भएका छन्। नेपाली सिनेमा भने यो वर्षको कान्समा छनोट भएका छैनन्।

images
प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - ०७:३९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology