Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

रत्ननगर नगरपालिकाले एक सहायक निरीक्षकसहित १३ नगरप्रहरी करारमा राख्दै

रत्ननगर नगरपालिकाले एक सहायक निरीक्षकसहित १३ नगरप्रहरी करारमा राख्दै

images

इच्छाकामना न्युज

२८, बैशाख २०८१
रत्ननगर नगरपालिकाले एक सहायक निरीक्षकसहित १३ नगरप्रहरी करारमा राख्दै
images

चितवन । चितवनको रत्ननगर नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षकसहित १३ जना नगरप्रहरी करारमा राख्ने भएको छ । नगरपालिकाले वैशाख २५ गते पदपूर्ती सम्बन्धी सूचना प्रकाशन गरेर १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

नगरपालिकाले खुला प्रतिस्पर्धाबाट नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी सहायक हवल्दार एक जना, नगर पर्यटन प्रहरी जवान दुई जना र नगर प्रहरी जवान छ जनालाई करारमा राख्ने भएको हो । त्यस्तै, नगर प्रहरी जवान (महिला) दुई जना र नगर प्रहरी जवान (दलित÷अल्पसंख्यक) एक जनाको लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाको प्रशासन शाखामा दरखास्त बुझाउन सकिने र दरखास्तको साथमा परीक्षा दस्तुर प्रति व्यक्ति ५०० रुपैयाँ बुझाउनुपर्ने प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । शारिरीक प्रतिस्पर्धा र अन्तरवार्ताका माध्यमबाट प्रतिस्पर्धीको छनौट गरिने नगरपालिकाले बताएको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - ०८:३६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology