Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यानमारका नेतृ आङ सान सुची घरमा नजरबन्द 

म्यानमारका नेतृ आङ सान सुची घरमा नजरबन्द 

images

एजेन्सी

२४, माघ २०७७
म्यानमारका नेतृ आङ सान सुची घरमा नजरबन्द 
images

म्यानमारको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेतृ आङ सान सुचीलाई उनकै घरमा नजरबन्दमा राखिएको पार्टीले जनाएको छ । एनएलडीका सञ्चार अधिकृत क्यी टोयले सेनाले सूचीलाई राजधानी नेपिदअस्थित घरमै नजरबन्दमा राखेको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिनुभएको छ । 
गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेको थियो । म्यानमारमा सोमबार बिहान सेनाले स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी नेतृ सुची, राष्ट्रपति विन मिन्ट, एनएलडीका वरिष्ठ नेताहरु, सांसद र क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई गिरफ्तार गर्दै शासनसत्ता नियन्त्रणमा लिएको थियो ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १९:०४:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology