Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै

आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै

एजेन्सी

१९, बैशाख २०८१
आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै
images

काठमाडौं, १९ बैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैँछ । आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

images
images

जारी आइपिएलमा चेन्नई अहिलेसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सले यस सिजनमा ९ खेलमा केवल ३ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ६ अंक हासिल गरेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ ।

यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो । 

त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् ।

त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो । 
 

images
प्रकाशित मिति :बैशाख १९, २०८१ बुधवार - ०८:४६:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology