Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समाचार संकलनको क्रममा पत्रकार वस्नेतमाथी क्रसर व्यवसायीको दुर्ववहार

समाचार संकलनको क्रममा पत्रकार वस्नेतमाथी क्रसर व्यवसायीको दुर्ववहार

न्युज कारखाना

१७, बैशाख २०८१
समाचार संकलनको क्रममा पत्रकार वस्नेतमाथी क्रसर व्यवसायीको दुर्ववहार
images

महोत्तरी/ न्युज कारखाना

images
images

महोत्तरी ।  महोत्तरीका पत्रकार विशाल बस्नेतलाई समाचार संकलनको क्रममा गरेको दुर्ववहारलाई लिएर पत्रकार संमद्व संस्थाहरुले निन्दा गरेका छन ।

एविसी टेलिभिजन महोत्तरी संवाददाता तथा न्यजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई नदीजन्य उत्त्खननको रिपोर्ट संकलन गर्ने क्रममा भएको दुर्व्यवहारलाई लिएर आधा दर्जन संस्थाहरुले भत्सर्ना गरेका हुन ।

नेपाल पत्रकार माहासंघ महोत्तरी शाखा, बर्दिवास नगरपत्रकार संजाल, चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज लगायतका संस्थाहरुले 
सार्वजनिक सरोकारका विषयमा चिन्ताचासो लिने जिम्मेवार व्यक्तिमाथि असामाजिक तत्वबाट भएको दुर्ववहार अस्वीकार्य, निन्दनीय र दण्डनीय भएको भन्दै आपत्ती जनाएका हुन ।

गत शुक्रवार समाचार संकलनको क्रममा रातु नदीको ड्याम नजिकै जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णसहित पुगेका पत्रकार बस्नेतको संचार समाग्री खोस्ने र हस्तक्षेप गर्ने आफुलाई प्रकाश खडका भन्ने ब्यक्तिले गरेका थिए ।

यसले जनताको सुसूचित हुने हक तथा स्वतन्त्र र बाधारहित ढंगले समाचार संकलन गर्ने पत्रकारको हकमाथि समेत कुठाराघात भएको संस्थाहरुले ठहर गरेका छन ।

चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले चुरे तथा चुरे नदी प्रणालीबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका प्राकृतिक स्रोतको अवैध र जथाभाबी दोहन गर्नेहरूको मनोबल केही समययता संगठित तथा सामाजिक अपराध समेतलाई प्रश्रय दिनेगरी उच्च हुँदै गएको दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।  

विज्ञप्तिमा कम लगानीमा अत्यधिक नाफा हुने यस्तो अवैध कार्यमा संलग्न भएकाहरूमध्ये अधिकांशले कानुन, नियम तथा मापदण्ड नपछ्याउने र नियमन गर्ने निकाय र संयन्त्रलाई प्रभावित गर्नेदेखि डरधाक एवम् त्रासमा राख्ने नानाथरीका काम गर्दै आएको उल्लेख गरिएको छ ।

यसैगरी नेपाल पत्रकार माहासंघ महोत्तरीले पत्रकार बस्नेतप्रती भएको आक्रमणको कडा निन्दा गर्दै राजनीतिक तथा सामाजिक बलप्रभाव भएकाहरूकै प्रत्यक्ष परोक्ष संलग्नतामा नदीजन्य पदार्थको अनुचित दोहन भइरहेकाले यसलाई रोक्न तथा कानुनसम्मत बनाउन राज्यसंयन्त्र चुकिरहेको अवस्थाप्रती गम्भीर चिन्ता ब्यक्त गरेको छ ।

संविधान तथा कानुनअनुसार प्राकृतिक स्रोतको व्यवस्थापन तथा नियमनसम्बद्ध कार्य गर्ने अधिकारप्राप्त जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णकै सामु   पत्रकार विशाल बस्नेतलाई बर्दिवासको किसाननगरस्थित उत्खनन्स्थलमा समाचार संकलन गर्नबाट रोक्न दुष्प्रयास गरिएको थियो ।

आफूलाई मनकामना क्रसर उद्योगका सञ्चालक बताउने प्रकाश खडकाले एबिसी टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बस्नेतको क्यामरा खोस्ने, गालीगलौज तथा धम्की दिने लगायत अत्यन्त अभद्र र अराजक हर्कतप्रती बर्दिवास नगर पत्रकार संजालले समेत दु: ख ब्यक्त गरेको छ ।

सजिलोगरी धनार्जन गर्ने माध्यम बनेको नदीजन्य पदार्थको अवैध दोहनका विषयमा समाचार वा जानकारी वितरण निषिद्ध गर्नेगरी गुन्डागर्दीमा उत्रिएका खडका मौजुदा दण्डहीनताको स्थितिको उपज भएको पत्रकार संवद्व संस्थाहरुले ठहर गरेका छन ।

नदीजन्य पदार्थको दोहनजस्ता कुकृत्यलाई क्यामरामा कैद गरिरहेका पत्रकार बस्नेतमाथि उत्तेजना, आवेग र आक्रामक भई झम्टिन खोजेका र शारीरिक तथा भौतिक क्षति पुर्याउने नियत नै राखेका खडकालाई तत्काल नियन्त्रणमा लिई कानुनअनुसार दण्डसजाय दिलाउन अभियोजन गर्न  पनि माग गरिएको छ ।

साथै, उत्खनन्स्थल अवलोकन गर्न पुगेका जिसस महोत्तरीका प्रमुख कर्णमाथि समेत क्रसर व्यवसायी भन्ने खडकाले अपमानजनक व्यवहार गरेकोमा विज्ञप्तिमा घोर निन्दा गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - ०८:२१:४५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology