Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको भरतपुरमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

चितवनको भरतपुरमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

इच्छाकामना न्युज

१०, बैशाख २०८१
चितवनको भरतपुरमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
images

चितवन । चितवनको भरतपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । सोमबार साँझ ७ बजे भरतपुर महानगरपालिका ३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना ६५ प ६२०६ नम्वरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो ।

images
images

मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने ६० वर्षिय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका ३ का ३३ वर्षिय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर ९ बसन्तचोकका ४९ वर्षिय सन्तोष बुर्लाकोटी घाइते भएका छन । घाइते दुबैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

 

images
प्रकाशित मिति :बैशाख १०, २०८१ सोमवार - २१:५५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology